पोखरा हर्पन खोलामा पौडी खेल्न गएका २ जनाको डुबेर मृत्यु
पाेखरा | साउन ४, २०८१
पोखरा: पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पनखोलामा पौडी खेल्न गएका २ जनाको डुबेर मृत्यु भएको छ । शुक्रबार हर्पन खोलामा पौडी खेल्न गएका १८ वर्षीय प्रकृत बुद्धचार्य र स्वयं ताम्राकारको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका–१ मोहरिया टोल बस्ने प्रकृत बुद्धचार्य र पोखरा–२ बस्ने १८ वर्षीय स्वयं ताम्राकार रहेका छन् ।
६ जनाको समूहमा हर्पन खोलामा पौडी खेल्न गएका ४ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
यस्तै पोखरा महानगरपालिका–२६ गुदेतालमा एक बालकको डुबेर मृत्यु भएको छ ।
लमजुङको मध्य नेपाल करापुटार घर भई पोखरा–२६ बस्ने ३४ वर्षीइ बिकाश परियारको ६वर्षीय छोरा सचिन परियारको गुदेतालमा डुबेर मृत्यु भएको हो ।
बुवासँग माछा मारेको हेर्न गएका सचिन अचानक तालमा डुबी रहेको अवस्थामा बुवा र स्थानीयले देखेपछि उद्धार गरेर उपचारको लागि लेखनाथ सिटी अस्पताल पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरीको टोली खटिएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

